'बागलुङमा एक हप्ताभित्र आठजनाको मृत्यु'

बागलुङमा पहिरोका कारण गत एक हप्ताभित्र आठजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार २० वटा घर पूर्ण रुपमा विस्थापित भएका छन् भने ८७ वटा उच्च जोखिममा छन्। कार्यालयले दिएको जानकारी अनुसार निसिखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा गएको छुट्टा-छुट्टै पहिरोमा पुरिएर चारजना महिला र दुईजना पुरुषको ज्यान गएको छ।
पहिरोमा पुरिएर निसीखोला वडा नं. २ बाहुनगाउँका एकै घरका चारजनाको जयान गएको हो।
राहत
त्यस्तै पहिरोमा पुरिएर निसीखोला वडा नं. १ हुल्दीका एकजना र ढोरपाटन नगरपालिका वडा नं ५ का अर्का एकजनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अनिल खड्काले बताए।अहिलेसम्म ६ जना मृतकका परिवारलाई रु. एक लाखका दरले राहत प्रदान गरिएको र बाँकीलाई छिट्टै दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पूर्ण रुपमा घर भत्किएका परिवारमध्ये ६ परिवारलाई मात्रै १० हजार रुपैयाँका दरले राहत प्रदान गरिएको र अन्य परिवारलाई राहत प्रदान गर्ने क्रममा रहेको सहायक प्रमुख जिल्ला अधिकार धुर्व गिरीले बताए।
विभिन्न संघ संस्थाले पनि पहिरो तथा बाढी पीडितलाई खाद्यान्न लगायतका सहयोग गरिरहेका छन् ।
Post a Comment